२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिरुवा खाने खसीबाख्रा समात्दै भद्रपुर नगर प्रहरी


बिर्तामोड, साउन १ । भद्रपुर नगरपालिकाका नगर प्रहरीले महेन्द्र पार्कअगाडि बाटोकिनारमा रहेका बिरुवा खाने चौपाया समात्न थालेको छ ।

सौन्दर्यकरणका लागि गत वर्ष पार्कअगाडि रोपिएको सिरीष र रोयल पामको बिरुवामा चोट पुर्याएपछि भद्रपुर-८ को वडा कार्यालयले नगर प्रहरी लगाएर खसीबाख्रा समात्न थालेको हो ।

वडा अध्यक्ष मनोज (गौरव) सुब्बाले नगर प्रहरीले खसीबाख्रा समाउँदै गरेको र तिनले बिरुवामा पुर्याएको चोटको फोटो फेसबुकमा पोस्ट गरेका छन् ।

चौपायाले बिरुवामा चोट पुर्‍याउँदा मर्ने सम्भावना अत्यधिक हुने गर्छ । हुर्किहाले पनि सबल नहुने वडा अध्यक्ष सुब्बाले जानकारी दिए ।

नगरपालिकाले विगत चार वर्षयता महेन्द्र पार्कको पुनर्निर्माण गरिरहेको छ । रङ्गीबिरङ्गी क्यामेलिया र गुलाफ अनि सल्लोको बोन्साई पोथ्राहरु पार्कभित्र हुर्किरहेका छन् ।

भद्रपुर–८ स्थित चन्द्रगढीको मुख्य भागमा एक बिघा दुई कट्ठा १० धुरमा फैलिएको महेन्द्र पार्क पुनरुत्थान भएपछि घुमफिरमा आउनेको संख्या पनि बढिरहेको छ ।

पर्यटकको सबैभन्दा बढी आकर्षण रहने फूलबारीमा नयाँ फूल रोप्ने, पुराना गोड्ने र झारपात फालेर चिटिक्क बनाउने कार्यमा नगरपालिकाले कर्मचारीहरु परिचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer