२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी प्रदेशमा एक वर्षमा विपदबाट ७७ जनाको मृत्यु


बिर्तामोड, साउन २ । पछिल्लो एक वर्ष (आर्थिक वर्ष २०८०–८१) मा प्राकृतिक विपदका कारण कोशी प्रदेशमा ७७ जनाको मृत्यु भएको छ ।

कोशी प्रदेशका १४ जिल्लामा भएका दुई हजार ८६८ विपदका घटनामा ७७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी र जंगली जनावरको आक्रमणमा परेर ७७ जनाको मृत्यु हुँदा २७७ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार एक वर्षमा एक हजार ७३१ स्थानमा आगलागी भएको छ ।

४९६ स्थानमा पहिरो, २५३ स्थानमा जंगली जनावरको आक्रमण, १८४ हावाहुरी, ११७ स्थानमा बाढी र ८७ स्थानमा चट्याङले मानवीय क्षति पुर्‍याएको छ ।

प्रहरीका अनुसार बाढीका कारण २२ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

आगलागीमा परेर २०, चट्याङका कारण १३, जंगली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर २०, चट्याङले लागेर ३६, आगलागीमा परी १३४, हावाहुरीका कारण ६ तथा जंगली जनावरको आक्रमणबाट ५७ जना घाइते भएको तथ्यांक प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको छ ।

विपदका कारण दुई हजार २७४ घर प्रभावित भएका छन् । विभिन्न विपदमा परेर ७ हजार ९०८ वटा चौपाया मरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer