२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा घट्यो सडक दुर्घटना र क्षति


बिर्तामोड, साउन २ । तीन वर्षको तथ्यांक हेर्ने हो भने झापामा सडक दुर्घटनामा क्रमशः कमि आएको देखिएको छ । सडक दुर्घटनाको दर र मानवीय क्षति पनि घटेको छ ।

आर्थिक वर्ष २०७८–०७९मा ६११ वटा, २०७९–८० मा ८०४ वटा र २०८०–०८१ मा ५९३ वटा सडक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनाको संख्यासँगै मानवीय क्षति पनि घटेको छ । २०७८–०७९ मा ९६ पुरुष, १५ महिला र ५ बालबालिका गरी जम्मा ११६ जनाको मृत्यु भएको थियो ।

२०७९–०८० मा ८२ पुरुष, २४ महिला र ८ बालबालिका गरी ११४ जनाले दुर्घटनमा ज्यान गुमाएको कार्यालय प्रमुख नवराज न्यौपानेले बताए ।

तर, आर्थिक वर्ष २०८०–०८१ मा ७१ पुरुष, १० महिला र ६ बालबालिका गरी ८७ जनाको सडक दुर्घटनामा मृत्यु भएको छ ।

त्यस्तै, सख्त घाइते र सामान्य घाइतेको संख्या पनि घटेको छ । २०७८–०७९ मा १८७ पुरुष, ४१ महिला र २६ बालबालिका गरी २५४ जना सख्त घाइते भएका थिए ।

२०७९–०८० मा १३५ पुरुष २६ महिला र १२ बालबालिका गरी सख्त घाइते हुनेहरुको संख्या १७३ रहेको थियो । तर, २०८०–०८१ मा १३१ पुरुष, २४ महिला र ९ बालबालिका गरी १६४ जना सख्त घाइते भएका छन् ।

त्यस्तै २०७८–०७९ मा ४९७ पुरुष, १४० महिला र ६५ बालबालिका गरी ७०२ जना सामान्य घाइते भएका थिए ।

२०७९–०८० मा ७९६ पुरुष, २२१ महिला र ८३ बालबालिका गरी एक हजार १०० जना सामान्य घाइते भएका थिए ।

तर, २०८०–०८१ मा ५६७ पुरुष, १८० महिला र ५६ बालबालिका गरी ८०३ जना सामान्य घाइते भएको न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer