२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स बिर्तामोड लेडीको स्थापना दिवसमा शर्मालाई सम्मान


बिर्तामोड, साउन २ । लायन्स क्लब अफ बिर्तामोड लेडीले आफ्नो स्थापना दिवस मनाएको छ । बिर्तामोडमा एक कार्यक्रमका बीच क्लबले छैटौँ स्थापना दिवस मनाएको हो ।

क्लबले झापाका पुराना लायन्सकर्मी सत्यनारायण शर्मालाई सम्मान गरेर क्लबको स्थापना दिवस मनाएको अध्यक्ष इन्दिरा खरेलले जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख अतिथि लायन्सका एरिया चिफ शैलेन्द्र कुरुङबाङ, सम्मानित व्यक्ति शर्मा लगायतले स्थापना दिवसको शुभकामना व्यक्त गरेका थिए ।

क्लबकी संस्थापक अध्यक्ष उर्मिला बिमली खरेलले स्वागत तथा क्लबको गतिविधिबारे जानकारी गराएको कार्यक्रमको सञ्चालन सचिव संगीता चिमरियाले गरेकी थिइन् ।

यसैबीच, क्लबले यसअघि बिर्तामोडमा रक्तदान कार्यक्रमसमेत गरेको छ । कार्यक्रमबाट ५१ पिन्ट रगत संकलन भएको अध्यक्ष खरेलले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer