२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

घुँगी टिप्न गएका राजुलाई रतुवा खोलाले बगाउँदा मृत्यु


बिर्तामोड, साउन ३ । झापाको दमकमा घुँगी टिप्न गएका एक व्यक्तिको रतुवा खोलाले बगाएर मृत्यु भएको छ ।

हिजो दिउँसो अन्दाजी ४:४० बजेको समयमा दमक नगरपालिका-८ मा रहेको रतुवा खोलामा घुँगी टिप्न खोलामा पसेका शिवसताक्षी-३ घर भई हाल दमक-८ गङ्गा सिवाकोटीको घरमा डेरा गरी बस्ने ३६ वर्षीय राजु मण्डललाई खोलाले बगाएर बेपत्ता बनाएको थियो ।

सँगै घुँगी खोज्न गएका साथी दमक-८ बस्ने वर्ष अन्दाजी ४०–४२ का तिलक बुढाथोकीले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालय दमक र सशस्त्र प्रहरी बल पाडाजुँगीबाट खटिएको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा आज बिहान ९ः२० बजे दमक नगरपालिका वडा नम्बर ८ र १० छुट्याउने दिपिनी र रतुवा खोलामा जोडिने दोभानमा उनी मृत अवस्थामा फेला परेका थिए । मण्डलको शवको सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल दमकमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer