२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

दुर्घटना गराएर भागेका बस कन्डक्टर सिटौला भारतबाट पक्राउ


बिर्तामोड, साउन ४ । आफूले चलाएको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि फरार भएका बसका कन्डक्टर तीन दिनपछि पक्राउ परेका छन् ।

प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसका कन्डक्टर शिवसताक्षी-६ बस्ने अन्दाजी २७ वर्षीय पुण्य सिटौलालाई भारतको पानीटंकीबाट पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टका अनुसार दुर्घटनापछि भागेका सिटौलालाई खोजी गर्ने क्रममा भारतको पानीटंकीमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

असार ३१ गते साँझ कनकाईमा कन्डक्टर सिटौलाले चलाएको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कमल-५ बस्ने ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer