२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

भागिरहेका दुईजना प्रतिवादी कारागार चलान


बिर्तामोड, साउन ४ । झापा जिल्ला अदालतको विभिन्न मितिको फैसलाअनुसार गौवध मुद्दा र लागुऔषध मुद्दामा फैसला भई भागिरहेका दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत विराटनगर इलाम इजलास र झापा जिल्ला अदालतको विभिन्न मितिको फैसलाअनुसार गौवध मुद्दाका हल्दिबारी १ का ४४ वर्षीय मिन भन्ने मणिकुमार तुम्बापो र लागुऔषध मुद्दाका दमक २ का २९ वर्षीय किसन राजवंशी पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी र मातहतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

तुम्बापोविरुद्ध २०८० मंसिर २० गतेको फैसलाअनुसार गौवध मुद्दामा १ महिना कैद र राजवंशीविरुद्ध २०८० फागुन २२ गतेको फैसलाअनुसार लागुऔषध मुद्दामा १ वर्ष कैद सजाय सुनाएको थियो ।

पक्राउ परिएका दुवै प्रतिवादीलाई अदालतको आदेशअनुसार कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer