२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

खतिवडा परिवार वंश संकलन एवम कुल उद्धार भद्रपुर अध्यक्षमा मदन


बिर्तामोड, साउन ५ । भद्रपुरस्थित खतिवडा परिवार वंश संकलन एवम कुल उद्धार नगर समितिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।

शनिबार भद्रपुरमा सम्पन्न कार्यक्रमको अध्यक्षता युवराज खतिवडाले गरेका थिए भने दुर्गाप्रसाद खतिवडा प्रमुख आतिथि रहेका थिए ।

कार्यक्रममा भद्रपुर-१० निवासी १०२ वर्षीय देवराज खतिवडा र डिल्लीराम खतिवडालाई सम्मान समेत गरीएको थियो ।

पशुपति खतिवडाले सञ्चालन गरेको कार्यक्रममा डिल्लीराम खतिवडा, महेन्द्र खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही सभाले मदन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा जानुका खतिवडा, सचिवमा नरेन्द्रप्रसाद खतिवडा, सहसचिवमा विनोद खतिवडा, कोषाध्यक्षमा डिल्लीप्रसाद खतिवडालाइ चयन गरिएको छ ।

सदस्यहरुमा लक्ष्मी खतिवडा, सूर्यप्रसाद खतिवडा, महेशकुमार खतिवडा, टोपराज खतिवडा, युवराज खतिवडा र ज्ञानप्रसाद खतिवडालाइ चयन गरिएको अनुज खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer