२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाईमा काठ मिलको मोटर चोर्ने चारजना पक्राउ


बिर्तामोड, साउन ६ । झापाको कनकाई नगरपालिका ६ मन्सापुरमा रहेको महालक्ष्मी समिलबाट मोटर चोरेर बिक्री गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका ६ का १९ वर्षीय नितेश बुढाथोकी, २४ वर्षीय महेश तामाङ, २२ वर्षीय विनोद टुडू र २० वर्षीय पारस तामाङ रहेका छन् ।

उनीहरुले रातिको समयमा समिलबाट मोटर चोरेर कनकाई नगरपालिका ४ का ३९ वर्षीय ताराप्रसाद तिवारीलाई बिक्री गरेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायव निरीक्षक किरण मोक्तानले बताए ।

चोरी कार्यमा संलग्न उनीहरुलाई शनिबार दिउँसो साढे १२ बजे चोरी गरिएको मोटरसहित पक्राउ गरिएको मोक्तानले जानकारी दिए ।

उनीहरुलाई थप अनुसन्धनाका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याइएको छ । चोरी भएको उक्त समिल कनकाई नगरपालिका ६ बस्ने लक्ष्मण कार्कीले रेखदेख गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer