२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पत्रकार रेग्मी र लामालाई डि कौडिन्य पत्रकारिता पुरस्कार प्रदान


बिर्तामोड, साउन ७ । झापाका पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई यो वर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको छ ।

बिर्तामोडको साई पार्टी प्यालेसमा आज आयोजित एक कार्यक्रमका बीच रेग्मी र लामालाई नगदसहित डि कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी २१ हजार रुपयाँ रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबो, सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, कौडिन्यकी पत्नी यमुना आचार्यलगायतले वितरण गरे ।

जनपक्षीय पत्रकार देवकुमार आचार्य (डि कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले सो पुरस्कार स्थापना गरेको हो ।

रेग्मी मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष हुन् । लामा नेपाल टेलिभिजनका झापा सम्वाददाता, प्रेस सेन्टर कोशी प्रदेशका सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव हुन् ।

प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आङबोले पुरस्कृत पत्रकारलाई शुभकामना व्यक्त गरेका थिए ।

सेन्टरका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेन्टरका सचिव पुष्प खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer