२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चोरीको मोटरसाइकलसहित दनुवार पक्राउ


बिर्तामोड, साउन ७ । झापाको अर्जुनधारा नगरपालिका–४ का २६ वर्षीय अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । 

असार ४ गते अर्जुनधारा–४ भाङवारिमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दनुवारको घरबाट उक्त नम्बरको मोटरसाइकल फेला पारेको हो ।

चोरीको मोटरसाइकलसहित हिजो पक्राउ परेका दनुवारको बारेमा इलाका प्रहरी कार्यालय अनारमनिबाट थप अनुसन्धान भइरहेको डीएसपी प्रकाश विष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer