२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

माछा मार्ने क्रममा करेन्ट लागेर दमकका राईको मृत्यु


बिर्तामोड, साउन ७ । झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आज दिउँसो २ बजे करेन्ट लाग्दा १९ वर्षीय मौसम राईको मृत्यु भएको हो ।

इलाम सूर्योदय १३ लक्ष्मीपुर घर भई हाल दमक–३ धिमालटोल बस्ने तेजबहादुर धिमालको घरमा बस्दै आएको राईको खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा भेटिएका राईको उपचारको क्रममा दमक आम्दा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer