२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

ब्राउन सुगरसहित पाँचजना पक्राउ


बिर्तामोड, साउन ९ । झापामा हिजो साँझ प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पाँचजना पक्राउ परेका छन् । उनीहरु बिर्तामोड, मेचीनगर र झापा गाउँपालिकाबाट पक्राउ परेका हुन् ।

हिजो साँझ ७ः४० बजे अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा शंकास्पद अवस्थामा बसिरहेका सिन्धुली तीनपाटन गाउँपालिका १ घर बताउने धनबहादुर बस्नेतलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्लाष्टिकसहित ५ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै, हिजो साँझ ७ः३० बजे मेचीनगर १० धाइजन ढाटमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले मेचीनगर ६ का सोनु तामाङलाई ब्राउन सुगरहित पक्राउ गरेको छ । उनको साथबाट प्लाष्टिकसहित २ ग्राम १४० मिलिग्राम ब्राउनसुगर फेला परेको र संगै रहेका साथी सुरेश गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, हिजो साँझ ७ः३० बजे झापा गाउँपालिका ४ स्थित हुलाकी सडकखण्डमा प्रहरी टोलीले चर्तागाछीबाट सुरुंगातर्फ आउँदै गरेको प्र. १-०१-०१५ प ७८०८ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको थियो ।

स्कुटीमा सवार कमल गाउँपालिका १ बस्ने मौसम लिम्बू र पछाडि सवार सर्मिला राईको साथबाट प्रहरीले प्लाष्टिकसहित ८ ग्राम १० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer