२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

धान खेतमा भेटिएका मृतकको पहिचान खुल्यो


बिर्तामोड, साउन ९ । झापाको अर्जुनधारा वडा नम्बर १ स्थित धान खेतमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।

मृतक इलाम माई नगरपालिका ३ घर भई अर्जुनधारा १ सिस्नेस्थित भिनाजुको घरमा बस्दै आएका अन्दाजी ४५ वर्षका टिकाबहादुर लावती भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

उनी विगतदेखि जन्डिससम्बन्धी बिरामी र मानसिक अवस्था ठिक नभएको भन्ने बुझिएको छ । लावतीलाई बिहान सबेरै हातमा चप्पल बोकेर हिँड्दै गरेको स्थानीयले देखेका थिए ।

बिरामीले छोपेपछि उनी धान खेतमा घोप्टो परेर लडेको र खेतको छिपछिपे पानीमा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

उनकी श्रीमती वैदेशिक रोजगारीका लागि कुवेत गएकी छन् । दुई छोरीमध्ये एकजना कुवेत र अर्की काठमाडौँमा रहेको जनाइएको छ । छोरा भने उनीसँगै रहेका थिए ।

लावतीको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको डिएसपी विष्टले झापा टुडेलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer