२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कचनकवलमा करेन्ट लागेर शाहको मृत्यु


बिर्तामोड, साउन १० । झापाको कचनकवलमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

कचनकवल गाउँपलिका–४ केचना बस्ने ललन शाहका १५ वर्षका छोरा विशालको करेन्ट लागेर मृत्यु भएको हो ।

जस्तापाताको छानो भएको घरको बरन्डामा विद्युत सर्ट भई शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

करेन्ट लागेर अचेत अवस्थामा भेटिएका उनलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगिएको थियो ।

उपचारका क्रममा डाक्टरले जाँच गर्दा मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer