२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

माछा मार्ने क्रममा डुबेर घाइते भएका मुर्मूको मृत्यु


बिर्तामोड, साउन ११ । झापाको गौरीगञ्जमा माछा मार्ने क्रममा डुबेर घाइते भएका शिवसताक्षीका एकजना युवाको उपचारको मृत्यु भएको भएको छ ।

आज ११ बजेदेखि शिवसताक्षी ४ का ४० वर्षीय चुन्दे मुर्मू र ३५ वर्षीय अख्तर मिया गौरीगञ्ज १ टुनुबस्तीनजिकै रहेको पानी जमेको होलीमा माछा मार्न गएका थिए ।

माछा मार्ने क्रममा पौने ४ बजे चुन्दे मुर्मू पानीमा डुबेर घाइते भएपछि उपचारको लागि नगर अस्पताल शिवगञ्जमा भर्ना गरिएको थियो ।

थप उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा चुन्देको साँझ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer