२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

यमपूजा गरेका खतिवडालाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन


बिर्तामोड, साउन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु भन्ने पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।

खतिवडाको तर्फबाट आवास अधिकारीले हिजो सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँले साउन १४ गते झापा बुद्धशान्तिका २८ वर्षीय खतिवडालाई नियन्त्रणमा लिइएको थियो ।

जिल्ला अदालतबाट म्याद समेत थप भएपछि रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको हो । उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार पक्राउ गरेको थियो ।

उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए । उनले प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ ।

उनलाई विद्युतीय अपराधअन्तर्गतको कसुरमा पक्राउ गरिएको हो । केही दिनअघि खतिवडाले फेसबुकमा भिडिओ राख्दै अनुष्ठान गर्ने बताएका थिए ।

उनले सामाजिक सञ्जालमार्फत गलत कार्य गरेकाले पक्राउ गरिरहेको भनिएको तर उनलाई राज्यले नियतवश नियन्त्रणमा लिएर गैरकानुनी थुनामा राखेको जिकिर रिटमा गरिएको छ ।

-रातोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer