२०८१ कार्तिक ६ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

घरमा फुटेका भाँडाहरू किन राख्नु हुँदैन ?


बिर्तामोड, भदौ २७ । केही मानिसहरूको बानी हुन्छ कि भाँडाहरू बिग्रिएपछि पनि तिनीहरूलाई फाल्दैनन् र प्रयोग गरिरहन्छन् । विशेषगरी केही मानिसहरू घरमा फुटेका कप, गिलास वा अन्य भाँडाहरू प्रयोग गर्छन् ।

वास्तु शास्त्रअनुसार यसले घरमा वास्तु दोष उत्पन्न गर्छ । फुटेका भाँडाहरू घरमा राख्दा नकरात्मकता आउँछ । जसको असर घरका प्रत्येक सदस्यमा पर्छ । त्यसैले, यी कुराहरूको विशेष ख्याल राख्नुपर्छ । घरमा फुटेका सामान वा भाँडा राख्दा के वास्तु दोष उत्पन्न हुन्छ ? यसबारे जानौँ ।

घरमा फुटेका र चिरिएका भाँडाहरू कहिल्यै पनि राख्नु हुँदैन । यस्ता भाँडाहरूमा खाना खानु र अरूलाई खुवाउँदा घरमा अनावश्यक समस्याहरू बढ्छन् । साथै, ऋण लाग्ने सम्भावनाहरू पनि बढ्छन् ।

वास्तु शास्त्रका अनुसार फुटेका भाँडाहरू घरमा राख्दा मानसिक तनाव बढ्ने जस्ता समस्या पनि देखिन्छन् । त्यसैले, कहिल्यै पनि घरमा फुटेका वा चिरिएका भाँडाहरूको प्रयोग गर्नु हुँदैन । यसका साथै घरमा भाँचिएको खाटको प्रयोग पनि गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer