२०८१ कार्तिक ६ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बेलबारी गोल्डकपमा झापा ११ को शानदार सुरुवात


बिर्तामोड, कात्तिक २ । शुक्रबारदेखि सुरु भएको सातौँ बेलबारी आरजु राइस गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा झापा ११ फुटबल क्लबले उत्कृष्ट सुरुवात गरेको छ ।

उद्घाटन खेलमा कञ्चनजंगा फुटबल क्लब सिलिगुडी भारतलाई ५-१ को फराकिलो अन्तरले हराउँदै झापा ११ प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको हो ।

झापाको जितमा उत्सव राईले दुई गोल गरे भने अभिषेक गुरुङ, निकेश श्रेष्ठ र निरज कार्कीले समान १–१ गोल गरे । पराजित कञ्चनजंगाका लागि प्रनिश प्रधानले एक मात्र गोल फर्काएका थिए ।

खेलमा झापाका उत्सव राई प्लेयर अफ द म्याच घोषित भए । यो जितसँगै झापा प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत आजको खेल एलएक्स सिटी फुटबल क्लब, लक्ष्मीमार्ग मोरङ र चितलाङ फुटबल क्लब काठमाडौँबीच हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer