२०८१ कार्तिक ६ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

न्यु स्टार फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक


बिर्तामोड, कात्तिक ३ । झापाको बिर्तामोडस्थित खोपबाडीमा हुने न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

यही कात्तिक ७ गतेदेखि १४ गतेसम्म हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको हो । तालिकाअनुसार उद्घाटन खेलमा आयोजक न्यु स्टार क्लबले होक्से युवा क्लबसँग खेल्नेछ ।

आयोजक न्यु स्टार क्लब बिर्तामोड–७ का अध्यक्ष कृष्णप्रसाद लिम्बूका अनुसार प्रतियोगितामा झापाका आठवटा टिमको सहभागिता रहेको छ ।

स्थानीय सुन्दर निचाझोडा वनको सुन्दर डाँडा खेलमैदानमा हुने प्रतियोगिताको दोस्रो क्वार्टर फाइनल खेल कात्तिक ८ गते शनिश्चरे एफसी र धाइजन चारआली एफसीले प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेलमा डिएफसी बाहुनडाँगीले रेड स्टार एफसीले कात्तिक ९ गते सामना गर्नेछ ।

कात्तिक १० गते हुने अन्तिम क्वार्टर फाइनल खेलमा ब्रदर्श युनाइटेड चन्द्रगढी र जलथल एफसी आपसमा भिड्ने छन् ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित आकर्षक ट्रफी पाउनेछ ।

यसैगरी, प्रत्येक खेलको प्लेयर अफ द म्याच बन्ने खेलाडीले नगद २ हजार पाउने छन् ।

विधागततर्फ पाँचवटा विधामा जनही ३३ सय र बेस्ट प्लेयर बन्ने खेलाडीले ट्रफीसहित नगद ५ हजार पाउने आयोजकले जनाएको छ ।

करिब ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्न वडा कार्यालयसहित स्थानीय दाताबाट आर्थिक संकलन हुने आयोजकले अपेक्षा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer