२०८१ कार्तिक ५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापा ११ बेलबारी गोल्डकपको सेमिफाइनलमा


बिर्तामोड, कात्तिक ४ । झापा-११ फुटबल क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगितामा शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगातार दोस्रो जित निकाल्ने क्रममा भोजपुर जिल्ला फुटबल संघलाई ३-० फराकिलो गोल अन्तरले पराजित गर्दै झापा–११ अन्तिम चारमा सुरक्षित भएको हो ।

बेलबारी-११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा आइतबार सम्पन्न पहिलो क्वार्टर फाइनल खेलको दोस्रो मिनेटमै निरज कार्कीको गोलबाट अग्रता लिएको थियो ।

त्यस्तै, झापाका लागि प्रदिप बुढाथोकीले दोस्रो हाफको ३४ औँ मिनेटमा गोल थप्दै २-० को अग्रतामा पुर्‍याएका थिए ।

खेलको इन्ज्युरी समयमा प्रदिपले नै व्यक्तिगत दोस्रो गोल गर्दै झापाको जित निश्चित बनाएका थिए । खेलको प्लेयर अफ द म्याच निरज भए । उनले नगद ५ हजार पुरस्कार पाए ।

यसअघि शुक्रबार सम्पन्न उद्घाटन खेलमा पाहुना टोली कञ्चनजंगा फुटबल क्लब भारतमाथि ५–१ गोल अन्तरको फराकिलो जित निकाल्दै झापाले क्वार्टर फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतियोगिताअन्तर्गत सोमबार हुने दोस्रो क्वार्टर फाइनलमा राजारानी फुटबल क्लब धनकुटा र चित्लाङ फुटबल क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer