२०८१ मंसिर ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आयोजक न्यु स्टारको विजयी सुरुवात


बिर्तामोड, कात्तिक ७ । आयोजक न्यु स्टार क्लबले झापाको बिर्तामोडमा सुरु न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा न्यु स्टार क्लबले होक्से युवा क्लबलाई टाइब्रेकर ५-४ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघि निर्धारित समयमा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको थियो । न्यु स्टारका लागि खेलको १० औँ मिनेटमा सोनाम लिम्बू, ४४ औँ मिनेटमा अभिषेक गुरुङ र ४७ औँ मिनेटमा प्रताप राईले गोल गरे ।

त्यस्तै, होक्सेका लागि १२ औँ र २३ औँ मिनेटमा विशाल माझी तथा ४२ औँ मिनेटमा जेनिथ बरालले गोल गरे ।

खेलको प्लेयर अफ द म्याच न्यु स्टारका विजय राई भए । उनले नगद २ हजार पाए । उनलाई वडा अध्यक्ष अवरिल कृष्ण खरेल, व्यवसायी ध्रुव उप्रेती, क्लबका अध्यक्ष कृष्ण लिम्बूले नगद तथा ट्रफी प्रदान गरे ।

बिर्तामोड-७ स्थित स्थानीय सुन्दर निचाझोडा वनको सुन्दर डाँडा खेलमैदानमा जारी खेलमा भोलि दोस्रो क्वार्टर फाइनल खेलमा शनिश्चरे एफसी र धाइजन चारआली एफसीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित आकर्षक ट्रफी पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याच बन्ने खेलाडीले नगद २ हजार पाउने छन् ।

विधागततर्फ पाँचवटा विधामा जनही ३३ सय र बेस्ट प्लेयर बन्ने खेलाडीले ट्रफीसहित नगद ५ हजार पाउने आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, बिर्तामोड ७ का वडा अध्यक्ष खरेल, बिर्तामोड ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवा, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले शुभकामना व्यक्त गरेका थिए ।

क्लबका सचिव सरोज न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा सहसचिव डिल्लीराम चम्लागाईंले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer