२०८१ कार्तिक ९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सोमबारे योङ स्टार फुटबलको उपाधिका लागि राजगढ र घैलाडुब्बा खेल्ने


बिर्तामोड, कात्तिक ८ । बिर्तामोड २ को सोमबारेमा फुटबल प्रतियोगितामा राजगढ एफसी र घैलाडुब्बा युवा क्लब सेमिफाइल प्रवेश गरेका छन् ।

आज भएका दुईवटा सेमिफाइनल खेलमा राजगढले जलथल एफसी र घैलाडुब्बाले दुधे युथ क्लबलाई हराएको हो ।

राजगढले जलथलाई १–० गोल अन्तरले हराउँदै फाइजल प्रवेश गरेको हो । खेलको ३८ औँ मिनेटमा राजगढका समुयल तामाङले गरेको गोल नै निर्णायक बन्यो । खेलको प्लेयर अफ द म्याच राजगढका हेमन लिम्बू भए ।

त्यस्तै, आज नै भएको अन्तिम सेमिफाइनल खेलमा घैलाडुब्बाले दुधेलाई टाइब्रेकरमा हरायो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा घैलाडुब्बाले ५–३ गोलले हरायो ।

खेलको प्लेयर अफ द म्याच घैलाडुब्बाका गोल किप्पर समिर विश्वकर्मा भए ।

बडादसैँको उपलक्ष्यमा भएको फुटबल प्रतियोगितामा झापाका १२ वटा टिमको सहभागिता रहेको छ ।

खेल क्षेत्रको प्रवर्धन र सामाजिक क्षेत्रअन्तर्गत सोमबारे क्षेत्रमा पर्ने करिब १८०० मिटर सडकमा रहेको बिजुली पोलहरुमा सडकबत्ती जडान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्षले उमेश राईले बताए ।

प्रतियोगिताका विजेताले ५१ हजार र उपविजेताले २५ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र र ट्रफी मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सचिव खरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer