दमक, माघ १९ । झापाको कमलमा कुटपिट गरी हत्या गरेको आरोपमा ३७ वर्षीय पुण्यप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १७ गते कमलका बास्तोलाले सोही स्थानका ४५ वर्षीय देवलाल चौधरीलाई सामान्य विवादका कारण लाठीले कुटपिट गर्दा घाइते भए थिए । चौधरीको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको थियो ।
घटनामा संग्लन बास्तोलालाई माघ १८ गते इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसधान गरिरहेको जनाएको छ ।
Comments are closed