
बिर्तामोड, चैत २१ । झापाको बिर्तामोडमा घरको तीन तलामाथिबाट झरेर एकजना बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा दमक ४ बस्ने मनोज आचार्यकी छोरी पाँच वर्षीया मानस्वी आचार्य रहेकी छन् ।

आज बिहान बिर्तामोड–५ बस्ने मञ्जु उप्रेतीको घरमा डेरा गरी बस्ने ताप्लेजुङ फुङलिङ–३ घर भएका हेमसागर भट्टराईकहाँ पाहुना आएकी आचार्यको मृत्यु भएको हो ।

भट्टराई परिवार आचार्यको बुढो मामली रहेको प्रहरीले जनाएको छ । घरको तीन तलामाथि कोठामा खेल्ने क्रममा झ्यालबाट लडेर उनी घाइते भएकी थिइन् ।

आचार्यलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिए पनि उपचारको क्रममा मृत्यु भएको हो । आचार्य बिहान ०८ः३० बजे घरबाट झरेकी थिइन् । उनको १०ः५५ बजे मृत्यु भएको हो ।








