![](https://jhapatoday.com/wp-content/uploads/2025/02/cdo-jhapa.jpg)
बिर्तामोड, माघ २९ । झापामा सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै कुटाकुट भएको छ । कुटाकुट गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगार ठगीका विषयमा हिजो डाकिएको छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको कार्यकक्षमै कुटाकुट भएको प्रहरीले जनाएको छ ।
ठुलो संख्यामा नेपालको कार्यकक्षमा प्रवेश गरी होहल्ला गर्दै कुटाकुट गरेको जनाइएको छ । आफूले चुप लाग्न आग्रह गर्दा पनि होहल्ला गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको नेपालले बताए ।
आफ्नो कार्यकक्षमा होहल्ला गरे पनि कुटाकुट कार्यकक्षभन्दा बाहिर गरेको उनले जानकारी दिए ।
भद्रपुर-६ भानुचोकका संजय यादव र सुरेन्द्र यादवले कम्बोडिया पठाउने नाममा ठगी गरेको उजुरीका विषयमा जिल्ला प्रशासन कार्यालय झापामा छलफल डाकिएको थियो ।
कुटाकुट गर्ने पाँचजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको थियो । उनीहरुलाई साँझपख छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानले बताए ।
भद्रपुर-१० का सागर मगर, विष्णु खड्का, वडा नम्बर ४ का उत्सव राय, वडा नम्बर ९ का प्रवीण राई, वडा नम्बर ८ का उज्ज्वल खवास कम्बोडिया जाने क्रममा ठगीमा परेका हुन् ।