
बिर्तामोड, फागुन ४ । झापाको अर्जुनधारा–७ मा रहेको एक क्रसर उद्योगमा टिप्परले किचेर आइतबार साँझ क्रसरका कर्मचारीको मृत्यु भएको छ ।
कम्पनीबाट विदा भएर घर जान लागेका एक्जाभेटर अपरेटरको टिप्परले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । कम्पनीबाट विदा लिएर हल्दिबारी–२ मा रहेको घर जान लागेका २४ वर्षीय मोहन किस्कुको मृत्यु भएको हो ।
मे. २ प २१११ नम्बरको मोटरसाइकलमा घर जान लागेका किस्कुलाई को. १ ख ७०१४ नम्बरको टिप्परले किचेको थियो । अर्जुनधारा–७ को मधुजिता क्रसरमा टिप्परले किचेर किस्कुको मृत्यु भएको हो ।
किस्कुको घरमा सोमबार पूजा आयोजना गरिएको बताइएको छ । पूजामा जानका लागि साथीको मोटरसाइकल लिएर घर जान लागेका उनलाई लोड भएको टिप्परले किचेको हो ।