२०८१ चैत्र २८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

भन्सार छलीको सामानसहित महिला चालक र पिकअप नियन्त्रणमा


बिर्तामोड, फागुन १३ । भारतबाट भन्सार छलेर सामान भित्र्याउँदै गर्दा सामानसहित चालक र पिकअप इलाम प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो राति ११ बजे इलाम माइजोगमाई– १ नयाँबजारस्थित भित्री सडकखण्डमा प्रहरी टोलीले मे १ ज १६९४ नम्बरको पिकअप चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याएको रक्सी र चुरोटसहित पिकअप र पिकअप चालक सन्दकपुर–५ बस्ने वर्ष १९ की महिला चालक निमा शेर्पालाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर ल्याई उक्त सामानहरु भन्सार कार्यालय बुझाउन मुचुल्का उठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Adv footer