
बिर्तामोड, फागुन १५ । झापा अर्जुनधारास्थित बिर्तामोड बसपार्क पूर्वपट्टि एकजना युवाको शव भेटिएको भेटिएको छ ।

शव पाँचथर रानीटार-२ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान ७ बजेतिर बिर्तामोड बसपार्कपूर्व अर्जुनधारा ११ स्थित गिरीबन्धु टी इस्टेटको चिया बगानभित्र कुहिन लागेको शव भेटिएको थियो ।
करिब एक साताअघि उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । केहीबेरअघि इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली घटनास्थल पुगेको छ ।