
बिर्तामोड, फागुन २८ । झापाको कनकाई नगरपालिकाबाट गाँजासहित एक दम्पती पक्राउ परेका छन् ।
अवैध गाँजा बेचबिखन गरिरेहेको गोप्य सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहाल नेतृत्वको टोलीले कनकाई-४ मनकामना टोलमा छापा मारी गाँजासहित एक दम्पत्तीलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ८ केजी गाँजा बरामद भएको जनाइएको छ । पक्राउ परेका दम्पतीको नाम खुलाइएको छैन ।