२०८१ फागुन २९ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

जलथल जंगलमा हात्ती मृत भेटियो


गत वर्ष चैतमा झापाको मेचीनगरमा मृत भेटिएको हात्ती ।

बिर्तामोड, फागुन २९ । झापाको चारकोशे झाडी जलथल जंगलमा एउटा जंगली हात्ती मृत भेटिएको स्थानीयले जानकारी दिएका छन् ।

हिजो साँझ ७ः३० बजे कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा जंगली हात्ती मृत भेटिएको त्यहाँका वन समितिले जानकारी गराएको हो ।

३–४ वटा जंगली हात्ती वरिपरि बसेकाले त्यहाँ जान सकिएको छैन । आज बिहान वन डिभिजन कार्यालयबाट टोली त्यसतर्फ गएको वन अधिकृत जीवन पाठकले जनाएका छन् ।

Adv footer