
बिर्तामोड, चैत ३ । झापाको बिर्तामोडमा रहेको पुनर्जन्म सुधार गृहमा रहँदै आएका एकजना युवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिर्तामोड-५ को सो सुधार गृहमा रहँदै आएका ३७ वर्षीय उमेश राजवंशीको मृत्यु भएको हो । उनी बेहोस भएपछि उपचारका लागि बिएन्डसी अस्पताल लगिएकोमा डक्टरले मृत घोषणा गरेका थिए ।
राजवंशी तीन महिनाअघि सो सुधार गृहमा भर्ना भएका थिए । प्रहरीले मृत्युको कारण तथा घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।