
बिर्तामोड, चैत ९ । झापाको मेचीनगरमा अवैध सामान लिएर भारतबाट आउँदै गरेको कारसहित कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङ खोरीबारी थाना भतासी प्रेमाजोत बस्ने ३४ वर्षीय अमित सिंह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेचीनगर ६ कालीखोला हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेको डब्ल्युबी ७४ एस २१५२ नम्बरको भारतीय कारमा चालक सिंहले लुकाई छिपाई ल्याउँदै गरेको गाडीको मोबिल तथा मोटर पार्टसहरु भेटिएको थियो ।
अन्दाजी १ लाख १५ हजार ५८२ रुपैयाँबराबरको सामान र अन्दाजी ८ लाख बराबरको कारसहित सिंहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।