
बिर्तामोड, चैत १७ । लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोशी प्रदेश अध्यक्षमा झापाका रोम घिमिरे सर्वसम्मत चयन भएका छन् ।
मोरङको विराटचोकस्थित इन्द्रपुर जेसिजको सभाहलमा सम्पन्न प्रथम अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । घिमिरे प्रतिष्ठानको तदर्थ समिति अध्यक्ष समेत रहेका थिए ।
प्रतिष्ठानको प्रवक्तामा झापा बिर्तामोडका निश्चल आचार्यलाई सर्वसम्मत चयन गरिएको छ । त्यसैगरी, प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष सरोज आचार्य, प्रथम उपाध्यक्ष बोधराज पौडेल, द्वितीय उपाध्यक्ष मिलन दुलाल, महिला उपाध्यक्ष सरिता राना मगर, सचिव सुशील भट्टराई, महिला सचिव सकुन्तला कार्की, सहसचिव डम्बरबहादुर घिमिरे, सहसचिव रविकिरण लिम्बू कोषाध्यक्ष टिकादेवी दाहाल, सहकोषाध्यक्ष तोयानाथ भट्टराई सर्वसम्मत चयन भएका छन् ।
सदस्यमा राम नेपाली, शिव नेपाल, दुलहरी घतानी, भोलामान गुरुङ, गङ्गा गौतम, शान्ता तिम्सिना, तेजेन्द्र गन्धर्व, शिवराज भट्टराई सर्वसम्मत चयन भएका छन् ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समितिका अध्यक्ष रोम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यता रहेको थियो ।