२०८२ बैशाख ५ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ८१ हजार १ सयमा कारोबार हुँदै


बिर्तामोड, चैत २८ । नेपाली बजारमा आज सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा ५ हजार ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलामा एक लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५५ हजार २ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय २९ रुपैयाँ कायम भएको छ ।

Adv footer