
बैशाख १३, बिर्तामोड । लैङ्गिक हिंसा निवारण सम्बन्धि ५ दिने प्रदेश स्तरीय खोज पत्रकारिता तालिम आजदेखि बिराटनगरमा सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश महिला विभागको आयोजना तथा सामाजिक विकास मन्त्रालयको सहकार्यमा भएको तालिममा कोशी प्रदेशका ३० जना महिलाहरुको सहभागिता रहेको छ ।
प्रदेश उपाध्यक्ष तथा महिला विभाग प्रमुख अम्बिका भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन महासचिव हिमा चेम्जोङले गरेकी थिइन् भने तालिमको सहजीकरण केन्द्रीय अध्यक्ष निर्मला शर्मा र खोज पत्रकारिता केन्द्रका प्रमुख शिव गाउँलेले गरेका छन् ।