२०८३ बैशाख २५ शुक्रबार
Jhapa Today
Adv top

शिवसताक्षीमा ट्रकमा आगो लाग्दा एकजना घाइते


बिर्तामोड, बैशाख २२ । झापाको शिवसताक्षीमा अलकत्रा बोकेको ट्रकमा आगलागी हुँदा जलेर एकजना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगो निभाउने क्रममा सोही सडकमा काम गर्ने गौरीगञ्ज गाउँपालिका वडा नम्बर ४ बस्ने २५ वर्षीय ओम ताजपुरिया घाइते भएका छन् ।

हिजो दिउँसो शिवसताक्षी–९ चिल्लागढमा सडक कालोपत्रे गर्ने क्रममा पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिको ना. ८ ख १३६४ नम्बरको अलकत्रा बोक्ने ट्रकमा अचानक आगलागी भएको हो ।

आगलागीबाट ट्रकको पछाडिको भाग जलेर ट्रक नचल्ने अवस्थामा पुगेको छ । घाइतेको कम्मरमुनि अगाडिको भाग जलेको छ । उनलाई उपचारको लागि ठेकेदार वीरेन्द्र मैनालीले विर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरेका थिए ।

उनलाई थप उपचारको लागि हिजो राति पारस अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

Adv footer