बिर्तामोड, बैशाख २५ । झापाको अर्जुनधारा र दमकमा सडक दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हिजो राति ०८ः४५ बजे शनिश्चरे–बिर्तामोड सडक खण्डअन्तर्गत अर्जुनधारा–८, कदमगाछीमा मोटरसाइकलले साइकलयात्री राजकुमार चौधरीलाई ठक्कर दिँदा घाइते भएका छन् ।

शनिश्चरेबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र.१–०१–०१२प ८०२६ नम्बरको मोटरसाइकलले सोही दिशामा जाँदै गरेका ६१ वर्षीय चौधरीलाई ठक्कर दिएको थियो ।

अर्जुनधारा–९ का चौधरीको टाउकोमा चोट लागेको र हाल शंकर अस्पताल शनिश्चरेमा उपचार भइरहेको तथा अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, दमकमा हिजो मध्यरातमा भएको दुर्घटनामा सवारी दुर्घटना भोजपुर ट्याम्के मयुँम-३ का ३९ वर्षीय रविचन्द्र गिरी घाइते भएका छन् । उनी राति १२ बजे दमक ७ श्रीपाली चोकमा दुर्घटनामा परेका थिए ।

भित्री सडक खण्डमा श्रीपाली चोकबाट पशुहाटतर्फ जाँदै गरेको गिरीले चलाएको प्र १–०२–०५७ प ७९११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएको थियो ।





