२०८३ बैशाख २५ शुक्रबार
Jhapa Today
Adv top

सामाजिक सञ्जालको प्रयोग र चुनौतीबारे बिर्तामोडमा अन्तरक्रिया


बिर्तामोड, बैशाख २२ । झापाको बिर्तामोडमा ‘सामाजिक सञ्जालको प्रयोग र चुनौती विषयक अन्तरक्रिया’ कार्यक्रममा वक्ताहरुले आआफ्ना धारण व्यक्त गरेका छन् ।

प्राइम मिडिया प्रालिद्वारा सञ्चालित नयाँ पेपर डटकमको आयोजनामा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, पत्रकार गोपाल काफ्ले, गणेश पोखरेल, तारामणि सापकोटा, प्रदिप परियार, पुष्प खड्का, रेजिना गौतम, एकराज प्रधान, मनकुमार गदाल, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला लगायतले आआफ्ना धारण व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष निर्मल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक सदस्य पदम श्रेष्ठ स्वागत गरेका थिए भने सञ्चालन प्रधान सम्पादक रमेश तिवारीले गरेका थिए ।


कार्यक्रमको औचित्यमाथि पत्रकार उमाकान्त खनालले प्रकाश पारेका थिए भने कार्यक्रमका बीच संस्थाको टेबल क्यालेन्डर सार्वजनिक गरिएको छ ।

Adv footer