२०८२ जेठ १ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

गौरीगञ्जबाट दुई भारतीयसहित तीन लागुऔषध कारोबारी पक्राउ, कार र मोटरसाइकल बरामद


बिर्तामोड, जेठ १ । प्रहरीले झापाको भारतीय सीमावर्ती गौरीगञ्जबाट लागुऔषध कारोबारमा संलग्न भारतीय नागरिकसहित दुईजना नेपालीलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट एकथान कार, एकथान मोटरसाइकल र लागुऔषध ब्राउन सुगर तथा प्रतिबिन्धित औषधिहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले हिजो ५ः३० बजे गौरीगञ्ज बजारबाट बिआर ३७ एजे ९९५२ नम्बरको भारतीय मोटरसाइकलमा रहेका किसनगञ्ज खनियाबा-७ फुलबरियाका १९ वर्षीय मोनाजिर आलमलाई नियन्त्रणमा लिएको हो ।

आलमसँग सोधपुछ गर्दा उनले मोबाइलमार्फत किसनगञ्ज खननियाबाद-५ फत्तेपुरका ५८ वर्षीय भोला ठाकुरसँग लागुऔषध रहेको भिडियो नेपाली कारोबारी दमक-५ का सञ्जय भन्ने भूपेन्द्र राईलाई पठाएको पाइएको थियो ।

उनीहरुलाई खोजतालास गर्ने क्रममा प्रहरीले गौरीगञ्ज बजारबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १००.०९० ग्राम, निट्राजेपाम १०० ट्याब्लेट र कोडिन फस्फेट र ट्रिप्रोलिडिन हाइड्रोक्लोराइड सिरप २ बोतल बरामद गरेको छ ।

लागुऔषध लिन गौरीगञ्ज पुगेका राईलाई ना. १ च ९१६२ नम्बरको कारभित्र बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट लागुऔषध खरिद गर्न बोकेको दुई लाख ४३ हजार ५०० रुपैयाँ, आइफोन मोबाइल २ थान, लागुऔषध नापतौल गर्ने डिजिटल तराजु १ थान बरामद गरेको छ ।

Adv footer