२०८२ जेठ ३ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीमा छोरालाई खुकुरी हान्ने तामाङ पक्राउ


बिर्तामोड, जेठ ३ । झापाको शिवसताक्षीमा घरयासी झगडा हुँदा बुवाले आफ्नै छोरालाई खुकुरीले हानेर घाइते बनाएका छन् । घटना आज बिहान ०७ः१५ बजे भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–३ पाराबारी बस्ने ४० वर्षीय मनकुमार तामाङले १८ वर्षीय छोरा सुसन तामाङलाई खुकुरीले हानेर घाइते बनाएका हुन् ।

उनीहरुबीच घरयासी विवाद भई झगडा हुँदा मनकुमारले सुसनलाई एक्कासि खुकुरी प्रहार गर्दा टाउको र दाहिने खुट्टाको घुँडा पछाडि चोट लागेको प्रहरीको भनाइ छ ।

छोरालाई खुकुरीले हान्ने मनकुमारलाई धरमपुर प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते रविनलाई उपचारका लागि निम्स अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ ।

Adv footer