
मेचीनगर, जेठ ४ । झापाको मेचीनगरस्थित चारआली चन्द्रगढी सडकको दुवागढी चोकमा दुर्घटना हुँदा मोटरसाइकलमा रहेका दुईजना गम्भीर घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

तीव्रगतिमा रहेको टिपरक र मोटरसाइलक एकापसमा जुध्दा मोटरसाइकल चालक र पछाडि रहेका व्यक्ति गम्भीर घाइते भएको उनीहरुको भनाइ छ । उनीहरु दम्पती रहेको बुझिएको छ ।

आज १२ बजेतिर भएको दुर्घटनामा मेचीनगर–१३ का ५५ वर्षीय मनप्रसाद लिम्बू र पछाडि बसेकी उनकी श्रीमती ५२ वर्षीया टिकाकुमारी श्रेष्ठ (लिम्बू ) गम्भीर घाइते भएका हुन् । घाइतेहरुलाई बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

मनप्रसादको पिसाव थैलीमा चोट लागेको छ । त्यस्तै, टिकाकुमारीको दुवै खुट्टामा चोट लागेको छ । दुवैको अवस्था गम्भीर रहेको छ ।

चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको स. १ क १८१ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१८प ००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनापछि भागेका टिपर चालक गौरीगञ्ज-१ महाभारा बस्ने विजय सरदारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । (-यसअघि प्रकाशित समाचार क्षमायाचनासहित सच्याइएको छ ।)