२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

बेलडाँगीबाट लागुऔषधसहित एक भारतीय र शिविरका राई पक्राउ


बिर्तामोड जेठ १४ । प्रहरीले झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरबाट लागुऔषध ब्राउन सुगरसहित दुईजना कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक-३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर डि १ हट नम्बर १०१ बस्ने २९ वर्षीय किरण राई र भारत पूर्णिया नगानिगम पूर्णिया सिटी वडा नम्बर ३४ का ३६ वर्षीय मनिषकुमार गुप्ता रहेका छन् ।

राईको घरको कोठाभित्र हिजो राति ८ः३० बजे शंकास्पद रुपमा बसिरहेको अवस्थामा उनीहरु दुवैजनालाई प्रहरी चौकी बाघखोरले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले तलासी लिँदा गुप्ताले लगाएको पाइन्टको अगाडिको बायाँ गोजीमा लुकाएर राखेको अवस्थामा लागुऔषध खैरो हेरोइन ८ ग्राम फेला परेको थियो । उनीहरु दुवैजनालाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer