२०८२ साउन १ बिहीबार
Jhapa Today
Adv top

भद्रपुरको चैतुमन्दिरमा हतियारसहित भिडन्त


बिर्तामोड, जेठ १७ । झापाको भद्रपुर–१० चैतुमन्दिरमा आज दिउँसो हतियारसहित भिडन्त भएको छ । झगडा भएपछि प्रहरीले दुईजनालाई सोधपुछका लागि लगेर छोडेको छ ।

प्रहरीले भद्रपुर–१० चैतुमन्दिरका विनोद राजवंशी र रेजिन सुब्बालाई घटनाबारे बुझ्न लगे पनि २ घण्टापछि छोडेको सुब्बाले जानकारी दिए ।

स्थानीय जुनियर खेलाडीहरु पनि झगडामा उत्रिएपछि आफूलाई सोधपुछका लागि लगेको सुब्बाको भनाइ छ ।

आज दिउँसो १२ः३० बजे भद्रपुर–१० चैतुमन्दिरका राजवंशीलाई करिब २५ जना युवाहरुले घरमा बसिरहेको बेला आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई कुटपिट गर्दा राजवंशीले घरमा भएको कट्टा निकालेर ती युवाहरुलाई लखेटेका थिए । केही समयपछि पुनः ती युवाहरु खुडा लिएर राजवंशीलाई गालीगलौज गरिरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

विवादमा संलग्न राजवंशी यसअघि लागुऔषध मुद्दामा चार वर्ष जेल सजाय भुक्तान गरेर एक वर्षअगाडि जेलबाट छुटेको प्रहरीले जनाएको छ ।

Adv footer