
बिर्तामोड, जेठ १७ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको दुई दिने सहकारी व्यवस्थापन, क्षमता अभिवृद्धि तथा कर अभिमुखीकरण तालिम समापन भएको छ ।
झापा बिर्तामोड ४ मा मुख्य कार्यालय रहेर झापा, मोरङ, इलाम र पाँचथर जिल्लाका ४६ वटा सेवाकेन्द्रबाट सेवा प्रवाह गरिरहेको सिम्रिक साकोसको आयोजनामा हिजोबाट सुरु भएको तालिम आज शनिबार समापन भएको हो ।
सहकारी संस्थाका ४६ वटै सेवाकेन्द्रका व्यवस्थापक, सञ्चालक समिति, व्यवस्थापन तह अन्य समिति तथा उप समितिलाई एकै ठाउँमा राखेर क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
उनले आगामी आर्थिक वर्ष २०८२/८३ लाई ध्यानमा राखेर संस्थाको नीति नियममा रहेर जोखिमरहित कारोबार गरेर संस्थालाई माथि उठाउने उद्देश्यअनुरुप तालिम दिइएको बताए ।