
बिर्तामोड, जेठ १९ । झापाको मेचीनगरमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी एकजना युवतीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि बसेकी बुद्धशान्ति-५ की २२ वर्षीया आकृति दनुवारको उपचारको क्रममा मृत्यु भएको हो । उनको कम्मरमाथि ट्रकले पेलेको थियो ।
दुनवारलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड भर्ना गरिएको थियो । उनको आज दिउँसो ४ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनलाई जेठ १३ गते मेचीनगर-१४ धाइजनचोकमा काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै प्रदेश १–०१–००१ ख ४७११ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।