२०८२ जेठ ३१ शनिबार
Jhapa Today
Adv top

तोलामा ४ हजार २ सय बढ्यो सुन


बिर्तामोड, जेठ ३० । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो ।

यसअघि बैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको मूल्य भने हालसम्मकै उच्च प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १५ रुपैयाँ बढी हो ।

Adv footer