२०८२ जेठ ३१ शनिबार
Jhapa Today
Adv top

झापाबाट १० महिनामा ३२ हजार युवा वैदेशिक रोजगारमा


बिर्तामोड, जेठ ३० । पछिल्लो १० महिनामा झापाबाट ३२ हजार युवा वैदेशिक रोजगारका लागि नेपालबाट विदेश गएका छन् ।

चालु आर्थिक वर्ष २०८१/०८२ को बैशाख मसान्तसम्म ३२ हजार २९ जना युवा विभिन्न मुलुक गएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम झापाका संयोजक शेखर बुढाथोकीले जानकारी दिए ।

साउनमा दुई हजार ६६३, भदौमा दुई हजार ५७५, असोजमा दुई हजार ५४५, कात्तिकमा तीन हजार ५११, मंसिरमा चार हजार ४६, पुसमा तीन हजार ६६, माघमा तीन हजार ५४६, फागुनमा तीन हजार २४०, चैतमा तीन हजार २९५ जना र बैशाखमा तीन हजार ५२५ जना रोजगारको खोजीमा विदेशिएका हुन् ।

वैदेशिक रोजगारीका मुख्य १० गन्तव्यहरु संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, क्रोएसिया, रोमानिया, जापान, दक्षिण कोरिया, बहराइन रहेको उनले बताए ।

नेपालबाट दैनिक दुई हजार ३० जना र बर्सेनि पाँच लाख युवा वैदेशिक रोजगारीका लागि जाने गरेको तथ्यांक छ ।

आर्थिक वर्ष २०७०/०७१ देखि २०८०/०८१ सम्ममा वैदेशिक रोजगारीबाट १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । जसले मुलुकको कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान गर्दछ ।

Adv footer