
बिर्तामोड, असोज २१ । संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसासम्बन्धी नयाँ नियम लागु गरेको छ । जसअनुसार अब परिवार वा साथीलाई स्पोन्सर गर्न चाहनेको हकमा निश्चित तलबमान पूरा गरेको हुनुपर्नेछ ।




जसमा विभिन्न चार तहहरू तोकिएका छन् । पहिलो, दोस्रो र तेस्रो र साथी (नन–रिलेटिभ) तह रहेका छन् । पहिलो तहमा बुबा आमा, श्रीमान÷श्रीमती, छोराछोरी रहेका छन् । उनीहरूलाई भिजिट भिसामार्फत युएई ल्याउनका लागि मासिक न्यूनतम चार हजार यूएई दिराम तलब हुनुपर्नेछ ।




त्यस्तै, दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबुवा, हजुरआमा, नाति–नातिनी रहेका छन् । उनीहरूलाई भिजिट भिसामा ल्याउने प्रायोजकको मासिक ८ हजार दिराम तलब हुनुपर्नेछ ।




तेस्रो तहमा काका–काकी, मामा, फुपू, कजिन रहेका छन् । त्यसका लागि ८ हजार दिराम न्यूनतम तलब हुनुपर्नेछ । साथीहरू (नन–रिलेटिभ) लाई स्पोन्सर गर्नेको हकमा मासिक १५ हजार दिराम तलब हुनुपर्नेछ ।




युएईले भिजिट भिसामा साथी वा आफन्तलाई प्रायोजन गर्नुअघि प्रायोजकको आम्दानीसँग जोडिएको हो । न्यूनतम तलब पूरा गर्न सक्नेले आफन्त वा साथीहरूलाई भिजिट भिसामार्फत युएईमा ल्याउन सक्ने व्यवस्था गरिएको हो ।




युएईको संघीय प्राधिकरण (आइसिपी) ले पहिचान र नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाको लागि आय अनिवार्य गरेको हो । भिसाका लागि आवेदन दिँदा नाता सम्बन्धको प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ । आवेदनकर्ताहरूले कम्तिमा ६ महिनाको लागि मान्य राहदानी, फिर्ता यात्रा टिकट हुनुपर्नेछ ।




चार प्रकारका भ्रमण भिसा
युएईले चार नयाँ भिजिट (भ्रमण) भिसाको वर्ग तोकेको छ । जसमा कृत्रिम बृद्धिमता (एआई), मनोरञ्जन, कार्यक्रमहरू, क्रुज जहाजहरु र मनोरञ्जन रहेका छन् ।
मानवीय बसोबास अनुमतिपत्र एक वर्षको अवधिका लागि जारी गरिनेछ, जसमा विशेष सर्तअनुसार प्राधिकरणको निर्णयद्वारा विस्तार गर्न सकिने सम्भावना हुनेछ ।
यस निर्णयले विदेशी विधुवा वा सम्बन्ध विच्छेद भएका एकल महिलाहरूलाई प्रायोजकबिना नै युएईमा बसोबास प्राप्त गर्न अनुमति दिनेछ ।