
बिर्तामोड, असोज २९ । चालु आर्थिक वर्षको भदौ महिनासम्म विप्रेषण अर्थात् रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको छ ।




चालु आर्थिक वर्षको भदौ महिनासम्म रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्याङ्कमा उल्लेख छ ।




चालु आर्थिक वर्ष २०८२÷८३ को दुई महिना (साउन र भदौ) मा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।




अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । भदौ महिनामा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।




अघिल्लो वर्षको सोही महिनामा १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।



